सहकारीको भगिनी कम्पनी : कसरी हुन्छ कार्यान्वयन ?

Sep 16, 2021

३१ भदौ, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट ल्याएको बजेट उल्ट्याउँदै अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रतिस्थापन बजेट पेश गरे । प्रतिस्थापन बजेट चार असोजपछि नियमित प्रक्रियाबाटै पारित गराउने सरकारको तयारी छ । बजेट पारित भए सहकारी क्षेत्रको लोकप्रिय अर्को नीति पनि बन्नेछ । अर्थात् सहकारी संस्थाहरुले भगिनी कम्पनी खडा गरेर लगानी गर्न पाउनेछन् । सरकारले प्रतिस्थापन बजेटमा भनेको छ, ‘सहकारी संस्थाहरूको अनुगमन सम्बन्धी नीति र संयन्त्र बनाइनेछ, सहकारी संस्थाहरूले भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पर्ने व्यवस्था गरिनेछ ।’ तर सरकारले बजेट पारित गर्न सकेको छैन । बजेट पारित हुन अझै केही समय लाग्नेछ । अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख रमेशकुमार केसी सहकारीको भगीनी सम्बन्धको अवधारणा अहिले नै क्लियर भइनसकेको बताउँछन् । बजेट पारित भएपछि कार्यविधि र निर्देशिका पछि बनाइने उनले बताए ।

Become NRA Member

Our Partners

client logo
client logo
client logo
client logo
client logo
client logo
client logo
client logo